काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दावी गरेका छन् । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टचार गरे सार्वजनिक रुपमा चुनौति पनि सबैसँग आग्रह गरे । उनले भ्रष्टाचार अन्त्यका लागि माथिल्लो निकाय मातहतको नजर गिर्न नहुने सुत्र पनि प्रस्तुत गरे ।


ADVERTISEMENT


शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफू मातहतको निकायमा नगिर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मातहतको निकाय नगर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सुत्र भएको तर्क समेत गरे ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले सरकारले ढिला नगरी मुलुकको आवश्यक्ता अनुसारको शैक्षिक जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको विकासका लागि सरकारले आवश्यक्ता अनुसारको जनशक्ति उत्पादन गर्ने विधि र प्रक्रियाको विषयमा गम्भिर छलफल गरिरहेको पनि बताए ।

प्रधानमन्त्री ओलीको मुलुकको समग्र क्षेत्रको विकासलाई अघि बढाउन पनि दक्ष जनशक्ति उत्पादनको काममा ढिलाई गर्न नहुनेमा सरकार सचेत रहेको पनि स्मरण गराए । काठमाडौंको महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको २३ आना जग्गा भित्र मनमोहन सेन्टर एनेक्स भवन निर्माण गर्न लागिएको हो ।

भवन तथा सहरी विकास विभागको अगुवाईका निर्माण गर्न लागिएको सो भवन १९ महिना भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । भवन निर्माणका लागि सरकारले ३० करोड रुपैँया बजेट विनियोजन गरिसकेको छ ।