कञ्चनपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगर–गड्डाचौकी सडकखण्डको बनगाउँमा भारतीय जिपको ठक्करबाट एकजना नेपालीको मुत्यु भएको छ ।


ADVERTISEMENT


गड्डाचौकी भएर महेन्द्रनगरतर्फ आइरहेको युके ०३–७१०१ नम्बर जिपको ठक्करबाट भीमदत्त नगरपालिका –६ का ४५ वर्षीय मोहन चन्दको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


घटनापछि स्थानीयले शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग राखी स्थानीयले महेन्द्रनगर गड्डाचौकी सडकखण्ड बन्द गराएका छन् ।

कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी ज्ञानबहादुर सेठीका अनुसार पीडितका आफन्त र जिल्ला प्रशासन कार्यालयबीच वार्ता भइरहेको छ । ठक्कर दिने जिपका चालक फरार छन् । जिप भने कञ्चनपुर प्रहरीको नियन्त्रणमा छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिपका चालक झण्डै एक किलोमिटर महेन्द्रनगरतर्फ आएर शिवमन्दिरक्षेत्रमा गाडी छाडेर भागेका हुन् ।