काठमाडौं – महजोडीको फिल्म ‘शत्रु गते’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी चैत्र ९ गतेकाट प्रदर्शनको तयारिमा रहेको यो फिल्मको ट्रेलरमा कमेडी र रोधन देख्न सकिन्छ ।


ADVERTISEMENT


मह संचारको प्रस्तुतिमा किरण केसिले निर्माण गरेको फिल्म ‘शत्रु गते’ फिलममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।


ADVERTISEMENT

# # #


फिल्ममा दीपक राज गिरि, दीपा श्री निरौला, नरेन्द्र कँसकार, शिबहरी पौडेल, यसोधा श्रेष्ठ, रमिला आचार्यको संयुक्त लगानी रहेको छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिबंश आचार्यले कथा लेखेका हुन् ।