काठमाडौं – भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किन प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह केहीबेरअघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन् ।
उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले विमानस्थलमा बिदाइ गरिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारतको दुई दिने राजकीय भ्रमणमा गएका थिए ।
भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय भेटवार्ता गरेका शाहले विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागिता जनाएका थिए ।
त्यसैगरी, दुई देशबीच रेल सेवा सञ्चालन, ऊर्जा, पूर्वाधार, सुरक्षा, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य अघि बढाउने सहमति भएको थियो ।



























