भक्तपुर–शनिवार बिहान सात बजेबाट नै भक्तपुरको कौशलटार–बालकोट सीमाना पुलमा मानिहरुको भिड जम्मा भएको थियो । त्यो भीड कुनै सभा वा सम्मेलनका लागि नभएर हिउँदमा कालो भएर जम्मे हनुमान्ते नदी सफा गर्नको लागि थियो । भक्तपुरका चार वटा नगरपालिकालाई दायाँ बायाँ घुमाउँदै हनुमान्ते नदी बग्छ । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ र ७ मा यो नदीको मुख्य मुहान रहेको छ । अन्य केही साना खोला मिसिएर हनुमान्ते वर्षायाममा मात्र बग्छ । हिउँदमा हनुमान्तेमा कालो लेदो मात्र बग्छ ।


ADVERTISEMENT


अभियान एक सय हप्तासम्म चल्ने


ADVERTISEMENT

# # #


शनिबार जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले शुरु गरेको नदी सफाई अभियान एक सय हप्तासम्म सञ्चालन गर्ने बताइएको छ ।

कुन–कुन क्षेत्र हुन् चुनौती ?
सफाई अभियान शुरु भएको स्थानभन्दा माथिबाट ढल हनुमान्ते नदीमा जोडिएका छन् । भक्तपुरमा बसोबास गर्ने धेरै मानिसहरु आफू कार चढेर हिँडेपनि घरको फोहोर पोको पारेर यो नदीमा फ्याँक्ने गर्दछन् ।

सबैभन्दा ठूलो चुनौती नै भक्तपुरका तीन नगरपालिका छन् । भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमी नगरपालिका हनुमान्ते नदी सफाईका मुख्य चुनौती हन् । चाँगुनारयण नगरपालिका थोरै चुनौती बन्न सक्दछ ।

भक्तपुर नगरपालिकाः यो नगरपालिका सीमान सुरु हुने स्थानबाट नै हनुमान्ते नदी दुषित हुन सुरु हुन्छ । घना बस्ती समेत यही नगरको सीमानबाट सुरु हुने भएकाले नदी यहीँबाट निकै दुर्गन्धित र फोहर मिश्रीत भएको छ । नगरपालिकाले समेत ढलको व्यवस्थापन गर्न सकिरहेको छैन् । जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरप्रमुख सुनिल प्रजापतिले केही शुरुवात गर्ने प्रयास गरेका छन् । तर, अझैपनि धेरै स्थानमा ढल यो नदीमा मिसाउने कार्य बन्द भएको छैन ।

सूर्यविनायक नगरपालिकाः यो नगरपालिका हनुमान्ते नदीको दक्षिण किनारतर्फ पर्दछ । नेपालका उच्च तहमा पुगेका धेरै नेता, कलाकार, व्यापारी र पत्रकारको बसाई यो नगरपालिका भित्र छ । तर यही नगरभित्रबाट धेरै स्थानमा व्यक्तिका घर, व्यापारीक स्थानका ढल नदीमा मिसाइएको छ । फोहोर लगेर नदीमा फालिदिने सर्वसाधरणमा यो नगरपालिकामा पनि धेरै छन् । ढल र फोहोर व्यवस्थापनमा नगरपालिकाले भरपर्दो काम गर्न सकिरहेको देखिँदैन । यो नगरबाट हनुमान्तेमा मिसिने शाखा नदी समेत प्रदुषित छन् ।

मध्यपुर थिमी नगरपालिकाःयो पनि भक्तपुर घनाबस्ती बिस्तार हुँदै गरेको नगरपालिका हो । तर यो नगरपालिकामा उचित ढल र फोहोरको व्यवस्थापन गर्न सकिरहेको छैन । जनप्रतिनिधि आएपछि प्रयास गरेपनि काम गराई उही कर्मचारीले चलाएको नगरपालिका जस्तै छ । हनुमान्ते नदीमा ढल मिसाउने यो पनि एउटा जिम्मेवार निकाय हो ।

चाँगुनारायण नगरपालिकाःयो नगरपालिको मुहान पोखरी भन्ने स्थान नै हनुमान्ते नदीको मुख्य मुहान हो । यो नगरपालिका भएर बग्ने हनुमान्ते नदी अन्य स्थानमा भन्दा सफा छ । सायद खोला किनार वरपर धेरै बस्ती नभएर पनि हुन सक्छ । जति लम्बाईमा नदीको यो नगरपालिका भित्र पर्दछ त्यो भित्र अझै सफा पानी बगाउन नगरले प्रयास गर्नुपर्ने देखिन्छ ।

व्यापारीक संघ–संस्थाः नदी किनार आसपासमा आफ्नो व्यवसाय सञ्चालन गर्ने धेरै उद्योगीहरुले सिधै फोहोर पानी मिसाउने गरेका छन् । यो कानुन विपरित हो भन्ने थाहा हुँदाहुदै पनि उनीहरु त्यसो गरिरहेका छन् । ती स्थानमा रहेका स्थानीय तहले उचित कदम चालेको देखिदैँन ।

कतिपयले नदीको दायाँ बायाँ छोड्नु पर्ने मापदण्ड २०–२० मिटर नछोडी भौतिक संरचनाहरु निर्माण गरेका छन् ।