महोत्तरी(रासस)–विवाह दर्ता र नागरिकता नभएपछि महोत्तरी औरही नगरपालिका– ६ बैरियाकी ३० वर्षीया एकल महिला सोनावतीदेवी रायले राज्यबाट पाउने हरेक सेवा सुविधाबाट वञ्चित भएकी छिन् । हुनेखाने उमेरमा ७ वर्षअघि श्रीमान् नथुनी यादवको मृत्यु भएपछि सोनावतीलाई अहिले जीवनयापन गर्न कठिनाइ भएको छ ।


ADVERTISEMENT


घरका अभिभावकले आवश्यक परेको खण्डमा पैसा नदिएपछि सोनावतीलाई बाँकी जीवनयापन गर्न समस्या भएको हो । उनको एकमात्र १२ वर्षका छोरा राहुलले विद्यालयमा शिक्षादिक्षा पाउनसकेका छैनन् । उचित शिक्षादिक्षा एवं संरक्षणको अभावमा दिनभरी भौतारिँदा छोरा राहुलको भविष्यलाई लिएर आफू चिन्तित रहेको सोनावतीले बताएकी छन् ।


ADVERTISEMENT

# # #


आफुुसँग नागरिकता एवं विवाह दर्ता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउन नसकेको उनले गुनासो गरेकी थिईन् ।  सो वडाका वडाअध्यक्ष नरेश यादवले अब आफूले नागरिकता एवं विवाह दर्ताका लागि सहयोग गरिने प्रतिबद्धता जनाएका थिए ।

विवाह भएको ३५ दिनको अवधिमा विवाह दर्ता बनाए कुनै किसिमको यस्ता समस्या समाजमा सिर्जना नहुने इलाका प्रशासन कार्यालय गौशालाका प्रशासकीय अधिकृत कामेश्वर यादवले बताएका छन् ।