काठमाडौं–आइसीसी एकविदवशीय विश्वकप छनौटका निम्ति आज नेपाल र जिम्बाबेबीच प्रतिष्पर्धा हुने भएको छ । नेपालले पहिलो पटक एक दिवसीय टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो ।


ADVERTISEMENT


खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे हुने कार्यतालिका छ । कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो ।


ADVERTISEMENT

# # #


आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबावमा छ । जिम्बाब्बेलाई स्तब्ध तुल्याउन सके नेपाललाई अघि बढ्न मार्गप्रशसस्त हुनेछ । तर नतिजा जिम्बाब्बेको पक्षमा गएमा नेपालको यात्रा सहज हुनेछैन ।

डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ । डिभिजन–२ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । त्यसले नेपाली खेलाडीमा बलियो आत्मविश्वास जगाएको छ ।