काठमाडौं – भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह सोमबार साँझ स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर हुनुका साथै ऊर्जा, पूर्वाधार, सुरक्षा, शिक्षा, स्वास्थ्य र प्रविधिलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको थियो ।





























