काठमाडौं–मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले मनोनयन गरेका राष्ट्रिय सभाका तीन सदस्यबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाश राउतको इजलासमा सुनुवाइ हुनेछ ।


ADVERTISEMENT


शेरबहादुर देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेको थियो ।


ADVERTISEMENT

# # #


उनीहरुको नाम राष्ट्रपति कार्यालयबाट स्वीकृत नहुँदै बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलाका नाम फिर्ता लिएर डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई सिफारिश गरेको थियो । राष्ट्रपति कार्यालयले ओली सरकारले सिफारिश गरेअनुसार तीन जनालाई राष्ट्रिय सभामा मनोनित गरिसकेको छ ।

देउवा नेतृत्वको सरकारले सिफारिश गरेका तीन जनाले आफूहरुको नाम स्वीकृत नभएको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए ।

यसअघि फागुन १३ गते यो मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश राउतको एकल इजलासले मनोनित ३ जनालाई तत्काल सपथ नखुवाउन अन्तरिम आदेश दिएको थियो ।