काठमाडौं–सिरियाको आफरिनमा टर्कीस सेनाले गरेको हवाई हमलामा ३६ सिरियाली विद्रोही सेनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


उत्तरी सिरियाको आफरिनस्थित कार्फ जिना क्याम्पमा रहेको विद्रोही सैनिकलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । आफरिनमा रहेका टर्किस सेनालाई फिर्ता पठाउन दुई साताअघि विद्रोही सेना त्यहाँ प्रवेश गरेका थिए ।


ADVERTISEMENT

# # #


विद्रोही सेनाले त्यहाँबाट टर्किस सेनालाई हटाउन संघर्ष गर्दै आएका छन् । यसअघि पनि आफरिनमा कुर्दिस सेनाले गरेको हवाई हमलामा आठ जना टर्कीस सेना मारिनुका साथै १३ जना घाइते भएका थिए ।

दुई पक्षबीच लगातार संघर्ष हुन थालेपछि आफरिनबाट धेरै सर्वसाधारण पलायन भएका छन् ।