काठमाडौँ– आइसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले आज आयोजक जिम्बावेको सामना गरिरहेको छ ।


ADVERTISEMENT


बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेको बलियो टेष्ट नेशन राष्ट्र जिम्बावेमाथि जित हात पार्दै शुखद सुरुवात गर्ने दाउमा नेपाल रहेको छ । घरेलु टोली जिम्बावे नेपाललाई पराजित गर्ने रणनीतिमा छ ।


ADVERTISEMENT

# # #


नेपालका लागि नयाँ खेलाडी ललितनारायण राजवंशीले डेब्यु गरेका छन् ।

लाईभ हेर्न यहाँ क्लिक गर्नुस्

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बनेको नेपालले जिम्बाबेसँग पहिलो पटक खेल्न लागेको हो । उमेर समूहमा भने नेपालले जिम्बाबेलाई एक पटक हराईसकेको छ । नेपालले सन् २००८ को यू–१९ विश्वकपमा जिम्बाबेलाई हराएको थियो  ।

पाँच राष्ट्र सम्मलित समूह बी को शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउने छन्  । शीर्ष ६ भित्र पुग्न नेपालले कम्तिमा २ खेल जित्नै पर्ने हुन्छ  । नेपालको लागि यो महत्वपूर्ण प्रतियोगिता समेत हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०१९ विश्वकप खेल्ने छ ।

नेपालको लक्ष्य सुपर सिक्समा पुग्ने र एक दिवसीय मान्यता पाउने रहेको छ ।

आज नेपाली टोलीमा केही परिवर्तन भएको छ । नेपाललाई विश्वकप छनोटमा पुर्याएका करण केसी टिममा हुने छैनन् । उनको ठाउँमा स्पिनर ललित राजवंशी आएका छन् ।

नेपाली टिम:

पारस खड्का(कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शरद भेषवाकर
वसन्त रेग्मी
सोमपाल कामी
दीलिप नाथ
आरिफ सेख
सन्दीप लामिछाने
दिपेन्द्र सिंह ऐरी
रोहित कुमार पौडेल
ललित राजवंशी