सुर्खेत – कर्णाली प्रदेशको प्रदेश सभामा चारवटा संसदीय समिति बनाउन प्रस्ताव गरिएको छ । प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले चार समिति बनाउने प्रस्तावसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको हो ।


ADVERTISEMENT


समितिले प्रदेश सभामा पेश गर्न विधायन तथा आन्तरिक मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोतसाधन र सामाजिक विकास समिति बनाउने प्रस्तावसहित प्रतिवेदन तयार गरेको मस्यौदा समितिका संयोजक सीता नेपालीले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


प्रदेश सभा नियमावली निर्माणका लागि मस्यौदा समितिको पहिलो बैठक फागुन ९ गते बसेको र उक्त समितिले १५ दिनभित्र नियमावली सभामुखलाई बुझाउन निर्देश गरेको थियो । नियमावलीसँगै समितिले प्रदेश सभाका लागि चारवटा समिति प्रस्ताव गरेको प्रतिवेदन बुझाउन लागेको संयोजक नेपालीको बताइन् ।

प्रदेश सांसद नेपालीको संयोजकत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । सरकारले काम दिन नसक्दा प्रदेश सांसद अनिश्चित कालका लागि स्थगित छ ।