काठमाडौँ–नेपाली काँग्रेस संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको मतदानमा सबै ६३ सांसद सहभागि भए ।


ADVERTISEMENT


मतदान आज बिहान १० बजेदेखि सवा १२ बजेसम्म चलेको थियो ।


ADVERTISEMENT

# # #


उक्त निर्वाचनमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच प्रतिस्पर्धा रहेको छ । देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार छन् भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका छन् ।

त्यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव छिन् भने समर्थकमा सञ्जय गौतम रहेका छन् । नेपाली काँग्रेसको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिक तर्फबाट ४० जना सदस्य छन् ।

अब केहिबेरमा  मतगणना शुरु हुने निर्वाचन समिति संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए ।