काठमाडौं–प्रधानमन्त्री एव् एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिकृयावादीहरुले पत्याउनै नसक्ने गरी एमाले र माओवादीबीच पार्टी एकीकरण हुने बताएका छन् । पार्टी कार्यलय धुम्बराहीमा सोमबार ४५ औं शहीद स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै एमाले माओवादी एकता हुँदा सानो चित्त भएकाहरु छटपटिने दाबीसमेत गरेका छन् ।


ADVERTISEMENT


अध्यक्ष ओलीले देशले बामपन्थी एकता चाहेको भन्दै रगत, पसिना, आँशु र आयु खर्चेर ल्याउको गणतन्त्र जोगाउने जिम्मेवारी पनि कम्युनिष्टहरुकै भएको बताए । एमाले एकताबाट पछि हट्छ भनेर चलाइएको हल्ला निराधार भएको ओलीले बताए । ‘एमाले एकताबाट पछि हट्छ भने हल्ला भएको छ । यो हल्ला हल्लामै रहन्छ, एमाले एकता गर्ने पार्टी हो एकता गर्छ,’ ओलीले भने ।


ADVERTISEMENT

# # #


अबको सरकार समृद्धि र विकासमा केन्द्रीत हुने भन्दै ओलीले यदि आफूहरुले नगरे कसैले नगर्ने भन्दै निरास नहुन आग्रह गरे ।

ओलीले भने, ‘नेपालमा गणतन्त्रको प्रतिनिधित्व कम्युनिष्टले नै गरेका हुन् । अब मुलुकको स्थायित्व पनि कम्युनिष्टहरुले नै गर्छन् । यसअघि कम्युनिष्टहरु बाध्यताले हिंसामा हुन् । रहर चाहनाले होइन ।’ तत्कालिन सत्ताले २०२९ सालमा रामनाथ दाहाल, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, नेत्र घिमिरे र वीरेन्द्र राजवंशीलाई झापाको सुखानीमा गोली हानी हत्या गरेको थियो ।