काठमाडौं–काँग्रेस संसदीय दलमा सभापति शेरबहादुर देउवा विजयी भएपछि अर्का नेता रामचन्द्र पौडेललाई पुन अर्को धक्का लागेको छ ।


ADVERTISEMENT


सोमबार दलको नेता चयन गर्न भएको मतदानमा रामचन्द्र पौडेल पक्षधर उम्मेदवार प्रकाशमान सिंहले १९ मत पाउँदा देउवाले भने ४४ मत ल्याएका थिए ।


ADVERTISEMENT

# # #


प्रतिनधि सभामा प्रत्यक्ष र समानुपातिक गरी ६३ सांसद रहेको काँग्रेसमा सर्वसम्मत दलको नेता चयन गर्ने प्रयत्न भएपनि पौडेल पक्षले असहमति जनाएपछि मतदान भएको थियो ।

गत मंसिर १० र २१ गते भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति देउवाकै कारण काँग्रेस उम्मेदवारहरुले हार खानुपरेको भन्दै पौडेल पक्षले देउवाले त्यसको जिम्मेवारी लिनुपर्ने र दलको नेता समेत अरुलाई नै बनाउनुपर्ने भन्दै आएको थियो । तर, देउवाले पौडेलपक्षको मागलाई वेवास्ता गर्दै दलको नेतामा उम्मेदवारी दिएका थिए ।

दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था भएका कारण काँग्रेसमा नेता बन्न पौडेल र देउवासमुहबीच लडाई भएको हो । यदि बाम गठबन्धनको सरकार दायाँबायाँ भए पुन प्रधानमन्त्री बन्ने योजनामा देउवा छन् ।

काँग्रेसको राजनीतिमा इमान्दर नेताका रुपमा चिनिएका पौडेल गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा समेत हार व्यहोरेका थिए ।

त्यसअघि संसदमा प्रधानमन्त्रीको निर्वाचन हुँदा १७ बल्ड्याङ खाएका पौडेल यसपटक पुन संसदीय दलको नेतामा समेत पराजित भएपछि पौडेललाई १९ औ धक्का पुगेको काँग्रेस बृत्तमा चर्चा चलेको छ ।