काठमाडौं–काठमाडौंको पुतलिसडक स्थित ‘क्याची एजुकेशन एण्ड ट्रेनिङ कन्सल्टेन्सी’को आवरणमा अवैध रुपमा बिना ईजाजत वैदेशिक रोजगार ब्यवसाय संचालन गर्दै आएका पुरुषोत्तम खड्का पक्राउ परेका छन् । काठमाडौंको गागलफेदी–८ स्थायी घर भएका खड्कालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शनिवार पक्राउ गरेको हो ।


ADVERTISEMENT


खड्काले विभिन्न ब्यक्तिहरुलाई प्रलोभनमा पारेर ७ देखी १२ लाखसम्म लिई वैदेशिक रोजगारीको लागी अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया माल्टा लगायतका देशहरुमा पठाएर अलपत्र समेत पार्ने गरेको अपराध महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


शैक्षिक परामर्शका लागी खोलिएको कन्सल्टेन्सीमार्फत बिना ईजाजत वैदेशीक रोजगारीमा जान चाहने ब्यक्तिहरुलाई एजेन्टमार्फत सम्पर्कमा ल्याएर उनले विदेश पठाउने गरेका थिए । यसरी आवश्यक कागजात समेत आफैं तयार पारेर अवैध कार्य गर्दै आएका खड्काको साथबाट २५ थान नेपाली राहदानी बरामद गरिएको र उनलाई आवश्यक कारबाहीको लागी वैदेशिक रोजगार विभाग पठाईएको महाशाखाले जनाएको छ ।