काठमाडौँ– मुलुकको समसामयिक राजनीतिको समीक्षा लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम आज बाट सुरु भएको छ।


ADVERTISEMENT


तीन दिनसम्म चल्ने उक्त भेला भक्तपुरको नगरकोटमा आयोजना गरिएको तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले जानकारी दिए । भेलाको एक विशेष कार्यक्रमकाबीच २३ गते दिउँसो ३ बजे पार्टी सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने र २४ गते बरिस्ठ नेता रामचन्द्र पौडेलले समापन गर्ने कार्यक्रम रहेको छ। भेलामा सहभागी हुन ७५ जिला बाटै अध्यक्षहरु राजधानी पुगिसकेका छन।


ADVERTISEMENT

# # #


महासचिव शाहीले राष्ट्रिय भेलामा मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा सामसामयिक राजनीतिक समीक्षा, तरुण दलको संगठन चुस्तदुरूस्त तथा थप निर्माण र भावी राजनीतिको विषयमा छलफल गर्न भेला आयोजना गरिएको बताए ।

महासचिव शाहिका अनुसार राष्ट्रिय भेलामा विभिन्न विषयमा बृहत छलफल गरेर तरुण दलले आगामी कार्ययोजना तय गर्ने भएको छ।