काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने बिषयमा भारतसंग ऐतिहासिक ’ब्रेकथ्रु’ भएको बताएका छन् ।

मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले लुम्बिनीलगायत सन्दर्भमा हालसम्म एकतर्फी रहेको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १०–१२ वर्षदेखिको प्रयासपछि आएको ठूलो कूटनीतिक पहल र ऐतिहासिक ’ब्रेकथ्रु’ रहेको बताएका हुन् ।


ADVERTISEMENT

# #


आगामी दिनमा महेन्द्रनगर, जनकपुरलगायत अन्य नाका तथा अन्य अन्तर्राष्ट्रिय सहरहरूसँग हवाई कनेक्टिभिटी विस्तार गरिने उनले बताए । उनले बागडोग्रासँग जोडिएको १२५ किलोमिटर भूमिको विषय कपोलकल्पित, भ्रामक र झूटो हल्ला मात्र भएको स्पष्ट पारे । मन्त्री वाग्लेले सुनकोशी–सप्तकोशी हाई ड्याम प्रोजेक्ट र सुनकोशी स्टोरेज कम डाइभर्सन स्किमबारे अध्ययन तथा भविष्यमा डीपीआर बनाउने म्यान्डेटअनुसार काम भइरहेको जानकारी दिए । उनले भिजन डकुमेन्ट दुई देशबीचको सहकार्यलाई औपचारिक, नियमित र संस्थागत गर्न तथा समन्वयात्मक ढंगले अघि बढाउन ल्याइएको स्पष्ट पारे ।

त्यस्तै उनले ५६ अर्ब रुपैयाँको अनुदान र १८४ अर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण विशेषगरी ऊर्जा तथा ट्रान्समिसन लाइन क्षेत्रमा ’लाइन अफ क्रेडिट’ को सदुपयोग हुने र आवश्यक परे परिचालन गर्न सकिने गरी सुरक्षा सुनिश्चित गरिएको उल्लेख गरे । विगतमा डलरमा ऋण लिँदा अवमूल्यनका कारण दायित्व बढ्ने समस्या देखिएकोमा यसपटक भारुमै लिने र भारुमै तिर्ने विकल्प समेत खुलाइएको उनको भनाइ छ ।


ADVERTISEMENT

#
#