काठमाडौँ- करिब तीन वर्ष पहिलेको सफल चलचित्र ‘सायद’को सिक्वेल ‘सायद २’को ट्रेलर सार्वजनिक भएको छ । नयाँ बर्षको अवसर पारेर बिहिबार साँझ आयोजित ‘न्यु ईयर ईभ- म्युजिकल नाईट’ कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


कार्यक्रममा चलचित्रका कलाकार र निर्माण पक्षले ट्रेलर सार्वजनिक गरे । चलचित्रमा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ ।


ADVERTISEMENT

# # #


दुर्गिश फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्र असार ३० बाट देशभर लाग्दैछ । चलचित्रका निर्माता ईश्वर श्रेष्ठ र सुवास लामिछाने हुन् भने निर्माणमा उनीहरुलाई हेमदेव गौतम र कृष्ण प्रधानले सघाएका छन् ।

कार्यक्रममा निर्माता सुनिल रावलले आफ्नो यस अघिको भन्दा यो चलचित्र अझै राम्रो बनेको बताए ।

भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुस् ।