काठमाडौं – विश्व प्रसिद्ध म्यागेजिन फोर्ब्सको सूचीमा समावेश नेपालका एक मात्र खर्बपति विनोद चौधरीले एक वर्षमा २० अर्ब रुपैयाँ सम्पत्ति बढाएका छन् ।


ADVERTISEMENT


विश्वभरीका खर्बपतिको सुची हरेक वर्ष सार्वजनिक गरिरहेको फोर्ब्सले सन् २०१८ मार्च ६ सम्मको सम्पत्ति विवरणका आधारमा सार्वजनिक गरेको सूचीका आधारमा चौधरीको सम्पत्ति २० अर्ब रुपैयाँ बढेको हो ।


ADVERTISEMENT

# # #


सन् २०१७ र २०१८ को बीचको अवधिमा चौधरी ग्रुपका मालिकसमेत रहेका उनको सम्पत्ति गत वर्ष १ दशमलब ५ बिलियन डलर अर्थात १ खर्ब ५० अर्ब रुपैयाँ थियो । तर यो वर्ष मार्च ६ सम्ममा उनले आफ्नो सम्पत्ति बढाएर १ दशमलब ५२ बिलियन डलर अर्थात १ खर्ब ५३ अर्ब रुपैयाँ पुर्‍याएका हुन् ।

चौधरीले सम्पत्ति त बढाएका छन् नै अर्कातिर विश्वका धनाढ्यको सूचीमा पनि दुई स्थान माथि उक्लिएका छन् । यो पटक फोर्ब्सले विश्वभरबाट २२२०८ जना डलर खर्बपतिको सूची सार्वजनिक गरेको हो । जसमा चौधरी १५६१औँ स्थानमा रहेका छन्। अघिल्लो वर्ष उनी १५६३औँ स्थानमा थिए ।

यस पटक धनीहरुको सूचीमा विश्वभरबाट २५९ जनाले प्रवेश पाएका छन् । जसले विवाहको कपडादेखि लिएर बच्चाको खेलौना र विद्युतीय कारको ब्यापार गरेर यस सूचीमा परेका हुन् ।

फोर्ब्सका अनुसार चौधरीको आम्दानीको प्रमूख स्रोतका रुपमा नबिल बैंक, चौधरी ग्रुप अन्तर्गत देशदेखि विदेशसम्म रहेका उद्योग, रेस्टुरेन्ट र होटलहरु रहेको जानकारी दिएको छ।

फोर्ब्सका अनुसार चौधरीले पछिल्लो ६ वर्षयता आफ्नो सम्पत्ति करिब ५० अर्बले बढाइसकेका छन्। सन् २०१३ मार्चसम्म चौधरीको कुल सम्पत्ति एक खर्ब थियो । त्यसपछि २०१४ मा १ खर्ब १० अर्ब पुग्यो भने सन् २०१५ मा १ खर्ब ३० अर्ब पुग्यो । त्यसपछि सन् २०१६ मा भने घटेर १ खर्ब १० अर्बमा सीमित भयो । गत वर्ष उनको सम्पत्ति १ खर्ब ३० अर्ब पुगेको थियो ।

फोर्ब्सले यस पटक विश्वभरका २२०८ अर्बपतिहरुको विवरण संकलन गरेको छ। यिनीहरुको कुल सम्पत्ति ९।१ लाख करोड डलर रहेको छ। अघिल्लो साल यो आँकड़ा ७।७ लाख करोड डलर थियो ।

यो पटकको सूचीमा ७२ वटा देशका धनाढ्य समावेश भएका छन् । फोर्ब्सको यो सूचीमा सबैभन्दा धेरै अमेरिकाका ५८५ अर्बपति परेका छन् । ३७३ अर्बपतिसहित चीन दोस्रो नम्बरमा रहेको छ ।

फोर्ब्स को ‘विश्वका खर्बपतिहरुको सूची २०१८’ मा यस पटक अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा उक्लेका छन् ।

उनको सम्पत्ति ११२ अर्ब डलर अर्थात करिब १०.२ लाख करोड रुपैपाँ पुगेको छ। उनी पहिलो पटक विश्वकै धनीको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् ।

बेजोस १०० अर्ब डलर भन्दा धेरै सम्पत्ति राख्ने विश्वकै पहिलो अर्बपति पनि भएका छन् । उनी लगातार चार वर्षदेखि शीर्ष स्थानमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पारेका हुन् ।

वर्ल्ड बिलियनेयर्स लिस्टमा ११९ भारतीय पनि सामेल छन् । यिनमा रिलायन्स इन्‍डस्ट्रिजका मुकेश अम्बानी शीर्ष स्थानमा छन् । उनी ४०।१ अर्ब डलर ९करिब २।६१ लाख करोड भारतीय रुपैयाँ० सम्पत्तिसहित १९ औँ स्थानमा छन् ।