तनहुँ–तेस्रो दमौली महोत्सवमा आज (बिहीबार) लाइभ कन्सर्ट हुने भएको छ । बुधबारबाट सुरु भएको महोत्सवको दोस्रो दिन आज बिहीबार साझ चर्चित र्यापर आशिष राना (लाउरे) को लाइभ कन्सर्ट हुने भएको हो ।


ADVERTISEMENT


११ दिन सम्म संचालन हुने महोत्सवमा युवालाई लक्षित गर्दै चार दिन कन्सर्ट हुने भएको हो । कन्सर्ट साँझ ६ बजे देखि ९ बजे सम्म चल्ने कलाकार तथा कन्सर्ट संयोजक कुमार मल्लले बताए ।


ADVERTISEMENT

# # #


महोत्सवको ४ दिन कन्सर्ट हुने र टिकट मुल्य तिनसय रुपैयाँ राखिएको मल्लले बताए । कन्सर्टको लागी टिकट साझ ५ बजेबाट खुल्ला गरिने समेत उनले जानकारी दिए ।

फागुन २८ गते तृष्णा गुरुङको लाइभ प्रस्तुति हुनेछ । फागुन ३० गते को लागि नितेश जंग कुवर पक्का भएको ग्रुपले बताएको छ । त्यसैगरि डि मर्चा ब्यान्डले चैत २ गते दमौली महोत्सव तताउने छ ।

महोत्सव आगामी चैत ३ गते सम्म चल्नेछ । महोत्सवको सम्पुर्ण क्षेत्रमा सिसाटिभी क्यामेरा बाट निगरानी राखिएको छ । कन्सर्टको लागि विशेष सुरक्षाको व्यवस्था गरिएको महोत्सवका मुल संयोजक राजकुमार श्रेष्ठ राकुले बताए ।