नेकपा माओवादी केन्द्रका सदस्य प्रमोद पौड्यालसँग हिमालय पोष्टले गरेको कुराकानीः


ADVERTISEMENT


पार्टी एकता कसरी हुन्छ ? यसबारे तपाँइलाई के लाग्छ ?


ADVERTISEMENT

# # #


पार्टीको कार्यदिशा र आगामी कार्ययोजनालाई एउटै लक्ष्यबाट एकता गरी समाजउन्मुख अर्थनीति अबलम्बन गर्दै समाजवादी क्रान्तिलाई मुल लक्ष्य बनाउँदै निर्वाचन सम्पन्न गरेका छौं । एमाले–माओवादीको सहकार्यमा फागुन ७ गते पार्टी एकता भयो र पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने पक्कापक्की पनि भइसकेको छ । विचारका सवालमा एमालेसँग सम्बन्धित जनताको बहुदलको महाअधिवेशनमा टुंग्याउने विचार गरेका छौं ।

यसो गर्दा नयाँ खाले विकासका सुरुआत हुनुका साथै २००७ सालदेखी शुरु भएको र पार्टीमा देखेको सपनालाई साकार गर्ने महान लक्ष्यसहित पार्टी एकता हुन्छ र यसमा दुईमत छैन ।

राजनीतिक एजेण्डा लगभग सकिएको वर्तमान अवस्थामा अब देशमा विकास र समृद्धिलाई मूल एजेण्डाका रुपमा हेरिएको छ । तपाईको विचारमा त्यसको प्राप्तीका लागि अबको सरकार कसरी अगाडी बढ्नुपर्छ ?

यसको बारेमा भन्नुपर्दा, राष्ट्रिय महत्वका आयोजनाहरुलाई विशेष ध्यान दिने र उर्जा, कृषि, पर्यटनलाई विकास गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै जानुपर्छ । यसका साथसाथै हाम्रो पार्टी कम्युनिष्ट पार्टी भएको नाताले जनता र सरकारलाई हातेमाले गर्दै अगाडि बढाउनु पर्छ । यसरी नयाँ नेपालको निर्माण गर्न सकिन्छ । यसरीे कृषि, पर्यटन र उर्जालाई विकास गर्दै अगाडी बढ्नु पर्छ भन्ने मलाई लाग्छ ।

लाखौँ युवाहरु अहिले रोजगारीको लागि पलायन भएका छन् ।  रेमिट्यान्सले मात्र धानेको देशमा त्यो युवा शक्तिलाई देशमा नै रोकेर आर्थिक समृद्धि हासिल गर्नका लागि सरकारी स्तरबाट कसरी जान उपयुक्त हुन्छ ?

आर्थिक हिसाबले भन्नुपर्दा नेपाल विकासउन्मुख राष्ट्र हो । यहाँ आर्थिक विकासको लागि रोजगारीको सिर्जना गर्ने, श्रमप्रति आम समुदायको बानी बसाल्ने, कृषि, पर्यटन र उर्जाको विकास गरी स्वदेशमा नै रोजगारीको वातावरण मिलाउने काम गर्नु पर्दछ । मानव जीवनको अभिन्न अङ्ग भनेको  शिक्षा, स्वास्थ्य, रोजगारी हो । शिक्षालाई प्राविधिक रुपमा स्थापनाका साथसाथै यसलाई अगाडी बढाउँदै हरेक प्रदेशमा पनि विश्वविद्यालयको स्थापना गर्नुका साथसाथै हरेक प्रदेशमा अस्पतालको स्थापना गर्ने जस्ता कार्यक्रमहरुलाई अगाडी बढाउनु पर्दछ ।

यसका साथै यसलाई आर्थीक रुपमा हेर्ने हो भने देशको आर्थिक बृद्धिदर बढाउँदै भारत र चिनसँगको सम्बन्धलाई जोड दिने, पुरानो सम्बन्धहरु जस्तैः सुगौली सन्धिहरु खारेज गरी छिमेकी राष्ट्रहरुलाई नयाँ उचाइमा उठाई पञ्चशीलको निर्माण गर्ने आधारमा आर्थिक सम्वृद्धि विकास र सुशासनको लागी महत्वपुर्ण भुमिका निर्वाह गर्दै अगाडी बढ्नुपर्छ जस्तो मलाई लाग्छ ।