काठमाडौँ– जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डको खेलमा नेपालको कप्तान पारस खड्काको अर्धशतक पूरा भएको छ । उनले ६८ बलमा ५० रन पूरा गरेका हुन् । यस्तै नेपालको सय रन पूरा भएको छ । नेपालले २८ ओभरमा सय रन पूरा गरेको हो ।


ADVERTISEMENT


आज नेपालको ब्याटिङ खराब भइरहेको छ । नेपालका लागि ५ जना ब्याट्समेनले गरेर ८ रन पनि पूरा गर्न सकेनन् । दबाबमा रहकेको टिम नेपाललाई सोमपाल कामीले पारस खड्कासंग मिलेर केहि तनाब कम गर्न खोजेका थिए । तर दुर्भाग्यवस उनी व्यक्तिगत १८ रनमा आउट भए ।


ADVERTISEMENT

# # #