काठमाडौं– नागढुंगा प्रहरीले ट्रकमा लुकाएर ल्याएको लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बिहिबार भैरहवाबाट काठमाडौंतर्फ आइरहेको ना ६ ख ६८०९ नम्बरको ट्रकमा लुकाएर ल्याएको लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा ट्रकका चालक सिन्धुपाल्चोक चौतारा–३ का २४ वर्षीय बिजय भण्डारी, सहचालक सप्तरी मिरतया–२ का १९ वर्षीय बिक्रम चौधरी, ट्रकमा सवार सिन्धुली खुर्कोट–२ बस्ने २० वर्षीय कौशला थापा, महोत्तरी बर्दिबास–९ का २३ वर्षीय ओमबहादुर पण्डित रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुबाट डाइजेपाम २० एम्पुल, नोफिन २० एम्पुल, फेनारगन २० एम्पुल र गाँजा ३७ ग्राम बरामद गरिएको प्रहरीको दाबी छ ।


ADVERTISEMENT

# # #


त्यस्तै वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट धनुषा जनकपुर उपमहानगरपालिका–१४ रजौल बस्ने २५ वर्षीय सञ्जय मुखियालाई लागूऔषधसहित पक्राउ गरेको छ । मुखियाको झोलाबाट प्रहरीले नुर्फिन ४ सय पिस, फेनारगन २ सय पिस, डाइजेल्याप २ सय ३० पिस, स्पास्मो प्रोक्सिभन ४० पिस, नाइट्रोभ्याट ३० पिस बरामद गरिएको लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बीरगञ्जले जनाएको छ ।