काठमाडौं– संघीय संसद सचिवालयले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको कार्यसूची प्रकाशन गरेको छ । आगामी फागुन ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति तय गरिएको छ ।


ADVERTISEMENT


फागुन २८ गते बिहान १० बजेदेखि दिउसो १ बजेसम्म राष्ट्रियसभाको बैठकमा कुनै सदस्यलाई अध्यक्ष पदमा निर्वाचित गरियोस भनी प्रस्तावको सुचना दर्ता गर्ने कार्यतालिका छ ।


ADVERTISEMENT

# # #


सोही दिन साढे १ बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचनाको दर्ता क्रम अनुसार सूची प्रकाशन गरिने छ ।

फागुन ३० गते राष्ट्रिय सभाको बैठकमा अध्यक्ष पदमा निर्वाचित गरियोस भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सुचनामाथि सामुहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन् ।

राष्ट्रियसभा अध्यक्ष एमालेको भागमा परेको छ । उपाध्यक्ष चाँहि माओवादीले पाउनेछ ।