काठमाडौँ– धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ रनले हराउँदै डीपीएल क्रिकेटको पहिलो स्थानमा उक्लिएको छ । यो उसको लगातार चौथो जित हो ।


ADVERTISEMENT


आइतबार बिहान सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको रुपन्देही च्यालेन्जर्सले निर्धारित ओभरमा १ सय ३२ रन बनायो । जसमा अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२, पुष्प थापा १७ र हरिशंकर शाहले १४ रन बनाए ।


ADVERTISEMENT

# # #


बिराटनगरका लागि सुशील कँडेलले २ विकेट लिए भने पवन सराफ, किशोर महतो, सन्दिप लामिछाने र कप्तान शरद भेषावकरले समान १/१ विकेट हात पारे । १ सय ३३ रनको बिजयी लक्ष्य पछ्याएको विराटनगर किङ्गस भने १८ ओभर १ बलमा अलआउट हुँदै ७१ रनमै समेटियो ।

विराटनगरलाई ध्वस्त पार्ने क्रममा रुपन्देही च्यालेन्जर्सका साहव आलमले ४ ओभरमा १९ रन दिँदै ४ बिकेट हात पारे । उनी म्यान अफ दि म्याच समेत घोषित भए । विराटनगरलाई सस्तैमा रोक्न दिपेश श्रेष्ठ र कृष्ण कार्कीले समेत ३/३ विकेट झारेका थिए ।