काठमाडौं–पार्टी आन्तरिक विवादमा फसिरहेको नेपाली कांग्रेसले आगामी चैत ९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।


ADVERTISEMENT


निर्वाचन समिक्षा र संगठनात्मक संरचनाबारे छलफल गर्न केन्द्रीय समिति वैठक चैत ९ गतेका लागि बोलाईएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै बैठकमा पार्टी पदाधिकारीलाई पुर्णता दिने तथा प्रतिनिधि तथा प्रदेशसभामा पार्टीको भूमिकाबारे पनि छलफल हुने शर्माले बताएका छन् ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोर्दा पनि गम्भीर ढंगले समिक्षा नगरेको, जिम्वेवारी बोध गर्दै नेतृत्वले राजिनामा नदिएको, महाधिवेशन भएको २ वर्षसम्म पनि पार्टी पदाधिकारीले पुर्णता नभएको भन्दै कांग्रेसमा आन्तरिक विवाद चर्किएको छ ।