काठमाडौँ– जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट खन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अफ्गानस्तानलाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


जिम्बावेको बुलावायो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १९४ रन बनायो ।


ADVERTISEMENT

# # #


नेपालले मात्र १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । तर, कप्तान पारस खड्काले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको महत्वपूर्ण साझेदारी गरे । सँधैजसो आज पनि कप्तान पारस खड्काले आक्रमक खेले । ५६ बलमा उनले ५० रन पूरा गरे ।

२६ औं ओभरको अन्तिम बलमा रसिद खानले ज्ञानेन्द्रलाई एलबीडब्लू धरापमा पारे । ज्ञानेन्द्रले ६९ बलमा जम्मा २३ रन बनाए । जसमा २ चौका सामेल थिए । त्यसपछि ६ रन जोड्न नपाउँदै कप्तान पारस पनि मोहम्बत नाबीको बलमा क्याच आउट हुन पुगे । आफ्नो व्यक्तिगत खातामा ७५ रन जोडेका उनले ८२ बलको सामना गरी १० चौका र १ छक्का प्रहार गरे ।

त्यती बेला नेपाल २८.५ ओभरमा १११ २ को बलियो अबस्थामा थियो । तर त्यसपछि आएका सोमपाल रोहित कुमार पौडेल सस्तैमा समेटिए । उनी १३ बलमा १ रन बनाएर आउट भए । त्यसपछि नेपालले ठूलो पारी खेल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले प्रयास गरेका थिए तर, सकेनन् । ऐरी ३२ र शेख २३ रनमा आउट भए ।

अन्य ब्याट्समेनले दोहोरो अंक समेत छुन सकेनन् । सोमपाल कामीले ९ रन बनाउँदा करण केसी एक छक्का प्रहार गरी आउट भए । यस्तै वसन्त रेग्मी ९ रनमा अविजित रहे भने सम्दीप लामिछाने र ललित राजवंशीले खातासमेत खोल्न सकेनन् ।

यता अफगानस्तानका लागि मोहम्बत नाबीले महत्वपूर्ण चार विकेट लिए । नेपालको स्कोरलाई सस्तैमा समेट्न उनले १० ओभर बलिङ गरेर ३३ रन खर्चिए । यस्तै रसिद खानले ९.५ ओभरमा ४५ रन खर्चिएर ३ विकेट लिए । सपुर जर्डानले २ विकेट लिँदा मुजिव उर रहमानले एक विकेट आफ्नो खातामा जोडे ।

अफगानस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । अघिल्लो चरणमा पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाबमा दुबै टिम रहेका छन् ।