काठमाडौं–राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलका नेताहरूले हिरासतभित्रै अनशनरत आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई रिहा गर्न माग राखेका छन् ।


ADVERTISEMENT


गृहमन्त्री रामबहादुर थापासँग शनिबार भेटवार्ता गर्दै उनीहरूले उक्त माग राखेका हुन् । चौधरी २०७२ भदौ ७ मा कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाका मुख्य आरोपी हुन् ।


ADVERTISEMENT

# # #


उनी प्रतिनिधिसभा चुनावमा भूमिगत रूपमै कैलाली १ बाट राजपा उम्मेदवार भई निर्वाचित भएका थिए । लामो समय भूमिगत रहेका उनले १४ फागुनमा कैलाली जिल्ला अदालतसमक्ष आत्मसर्मपणगरेका थिए ।

जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएकोमा उनले २० फागुनदेखि कारागारभित्रै अनशन थालेका थिए ।–आजको कान्तिपुर दैनिकबाट