काठमाडौं–नेपाली भूमिमा असोजदेखि पुनः रेल कुद्ने भएको छ । चार वर्षअघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारतसरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ ।


ADVERTISEMENT


न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किकिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडग्रेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ । यसलाई ७० किमिको दुरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


भारत सरकाको सहयोगमा निमाणधीन जनकपुरजयनगर –बर्दिबास खण्डको बिजलापुरसम्मको ५२ किमीखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ ।

यस खण्डमा आगमी असोजसम्माम रेहलमार्ग निर्माण सकिने रभारतले नै रेल कुदाउने रेल विभागका प्रक्ता प्रकाशभक्त उपाधयले जानकारी दिए ।

उनका अनुसार भारतले बर्दिवासदेखि विजलापुरसम्मको जम्मा ७० किमि दुरीमा रेलमार्ग बनाउँदैछ ।—आजको अन्नपुर्ण पोष्टबाट