काठमाडौं – एनएमबी बैंक लिमिटेडले ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुई प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
डिजिटल भुक्तानी तथा ग्राहकमुखी बैंकिङ सेवामा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मान गरिएको हो ।
बैंकले ग्राहकको दैनिक वित्तीय कारोबारलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल बैंकिङ सेवामा निरन्तर नवीनता थप्दै आएको जनाएको छ । प्राप्त सम्मानले डिजिटल बैंकिङ क्षेत्रमा बैंकले अघि बढाएका प्रविधिमैत्री पहल तथा प्रयासलाई थप प्रोत्साहन मिल्ने विश्वास बैंकको छ ।
एनएमबी बैंकले डेबिट कार्ड तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित वित्तीय कारोबारको सुविधा प्रदान गर्दै आएको छ । ग्राहकको विश्वास र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि बैंकिङ सेवालाई थप प्रभावकारी बनाउने बैंकले जनाएको छ ।
हाल एनएमबी बैंकले देशभरका १९६ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।



























