काठमाडौँ–महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् । प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन् ।


ADVERTISEMENT


प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नेलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रभागका प्रमुख प्रताप पौडेलले १२० प्रहरीको सहयोगमा गरिएको अनुसन्धानमा पक्राउ परेकालाई थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । “हामी अनुसन्धान गर्छौं, अनुसन्धानमा गल्ती देखिए मुद्दा चलाउँछौँ,” उनले भने ।