काठमाडौं–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बिजयी भएको छ । प्रतियोगिताअन्र्तगत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले मालागालाई २–० ले हराएको हो ।


ADVERTISEMENT


बार्सिलोनाको जितमा १५ औं मिनेटमा लुइस स्वारेज र २८ औं मिनेटमा फिलिप कौटिन्होले गोल गरेका थिए । खेलको ३० औं मिनेटमा सामुयल गार्सिया रातो कार्ड खादै मैदान बाहिरिएपछि मालागा १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि बार्सिलोनाले त्यसको फाइदा भने उठाउन सकेन । मालागाविरूद्धको खेलमा स्ट्राइकर लियोनल मेस्सी भने खेलेका थिएनन् । तेस्रो सन्तान जन्मिएपछि मेस्सी खेलमा उपस्थित नसकेको बताइएको छ ।


ADVERTISEMENT

# # #


जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दूरी ११ अंकमा कायम राखेको छ । बार्सिलोनाको २८ खेलबाट ७२ अंक छ भने २७ खेल खेलेको एथ्लेटिको मड्रिडको ६१ अंक छ ।