भीमदत्तनगर– उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई आवश्यक निर्देशन दिँदै उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचनको तयारीमा दु्रत गतिमा जुट्न निर्देशनसमेत दिए ।


ADVERTISEMENT

# # #


जिल्ला समन्वय समितिमा आयोजना भएको उक्त कार्यक्रममा बोल्दै जनशक्ति अभाव हुँदाहुँदै पनि कर्मचारीहरुले काम गरिरहेको बताउँदै उनले छिट्टै नयाँ संरचनाअनुसार कर्मचारी व्यवस्थापन गर्ने बताए। “जनताको काममा सशक्त ढङ्गबाट जुट्नहोस्” – मन्त्री थापाले भने।

निर्देशन कार्यक्रममा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिकाका कार्यकारी प्रमुखहरुको उपस्थिति रहेको जिल्ला समन्वय समितिको कार्यालय, कञ्चनपुरका कार्यकारी सचिव प्रेम बोगटीले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री थापासहित राप्रपाको पार्टी नेतृत्व भीमदत्तनगर आइपुगेको छ ।