काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङबाट १५४ रनको विजयी लक्ष्य पाएको छ ।


ADVERTISEMENT


बुलावायो एथलेटिक क्लबमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभर खेल्दै सबै विकेट गुमाएर १५३ रन बनाउन सक्यो । सुरुवाती ब्याट्समेन सस्तैमा समेटिएपछि हङकङले नेपालसामू सामान्य चुनौति दिएको हो । उसका लागि निजाकात खानले ४७, बाबर हायातले २० रन बनाउनु बाहेक अन्यले गतिलो खेल्न सकेनन् ।


ADVERTISEMENT

# # #


नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । यस्तै वसन्त रेग्मी र करण केसीका नाममा समान २/२ विकेट रह्यो । यता सोमपाल कामी र ललित राजवंशीले पनि आफ्नो नाममा समान १/१ विकेट जोडे ।

दुईवटै टिम जित्नै पर्ने दबाबमा छन।