काठमाडौं – हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ (Visa Leadership Conclave) मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ ।
बैंकले आफ्नो स्थापनादेखि हालसम्मकै उच्चतम एक्वायरर्स (Acquirers) कारोबारको रेकर्ड कायम गर्न सफल भएको भन्दै दुई विधामा सम्मान प्राप्त गरेको हो ।
बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस एक्वायरिङ’ (Excellence in Contactless Acquiring) र ‘एक्सिलेन्स इन POS एक्वायरिङ बिजनेस – प्रिन्सिपल क्लाइन्ट’ (Excellence in POS Acquiring Business – Principal Client) विधामा अवार्ड जितेको हो ।
भिसाबाट प्राप्त सम्मानले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा बैंकले हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गरेको बैंकले जनाएको छ । साथै, आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न यसले थप ऊर्जा र हौसला मिल्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
हाल हिमालयन बैंकले देशभर फैलिएका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर र २७९ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, बैंकसँग ९ हजारभन्दा बढी POS टर्मिनल र ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्र रहेका छन् ।
बैंकले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई आधुनिक, सहज र परिष्कृत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।



























