काठमाडौँ– युएस बंगलाको जहाज दुर्घटनामा परेपछि बन्द भएको त्रिभुवन विमानस्थल साँझ पाँच बजेपछि सुचारु भएको छ। जहाज दुर्घटनामा परेका सबै यात्रुको उद्दार सकिएकाले विमानस्थल सुचारु गरिएको विमानस्थल प्रशासनले जनाएको छ।


ADVERTISEMENT


विमान दुर्घटनामा परी ४० यात्रुको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनास्थलबाट २५ जनाको शव निकालिएको छ।


ADVERTISEMENT

# # #


सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएकामध्ये ८ जनाको ज्यान गएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको नेउपानले जानकारी दिए।

विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए।