काठमाडौं – महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाकी छात्रा मुस्कान खातुनलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले बैंकले ‘सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको हो ।
स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा स्थापना गरिएको उक्त छात्रवृत्ति झापाको मेचीनगर नगरपालिका–१४ स्थित सिताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरिएको हो ।
५० हजार रुपैयाँ राशिको छात्रवृत्ति विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत हस्तान्तरण गर्नुभएको थियो ।
आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमले विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुग्ने बैंकको विश्वास छ ।
सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।



























