सल्यान– सल्यान जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार ६०० बढी बालबालिका विद्यालय बाहिर रहेका हुन् ।


ADVERTISEMENT


विद्यार्थी भर्नाका लागि जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियान नै चलाएको भए पनि क र ख वर्गका शारीरिक अपाङ्गता भएका बालबालिका विद्यालय भर्ना हुन नसकेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । “क र ख वर्गका शारीरिक अपाङ्गता भएका विद्यार्थी विद्यालय आउन कठिन हुने र दुर्गममा रहेका विपन्न परिवारका बालबालिका पनि विद्यालय भर्ना नहुने भएकाले पनि उनीहरु शिक्षाबाट वञ्चित हुन पुगेका छन् ।” जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले भने ।


ADVERTISEMENT

# # #


जिल्लाभित्रका सबै बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर यस वर्ष जिल्ला शिक्षा कार्यालय सल्यानले भर्ना अभियानलाई विशेष जोड दिएको सुवेदीले जानकारी दिए । पाठ्यपुस्तक समयमा नपाउँदा पनि विद्यार्थी विद्यालय नआउने गरेका छन् ।
सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि उनीहरुको अवस्थाका आधारमा कार्यक्रम तय गरिने जिल्ला शिक्षा अधिकारी सुवेदीले जानकारी दिए । विद्यालयले समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर विद्यार्थी भर्ना हुन नआए त्यस्ता विद्यालयका प्रअलाई कानुनअनुसार कारबाही गरिने उनले बताए।

सल्यानमा १ देखि ५ कक्षासम्म ३६ हजार ९७, कक्षा ६ देखि ८ सम्म १९ हजार ४५६, कक्षा ९ र १० मा ११ हजार २९१ गरी जम्मा ६६ हजार ८४४ विद्यार्थी विद्यालयको पहुँचभित्र रहेका छन् ।