काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएका ११ नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृतक विद्यार्थीहरु सबै राजीव रबेया मेडिकल कलेज सिलहटका हुन् ।


ADVERTISEMENT


एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर रिजल्ट आउनुअघि १३ जना विद्यार्थी दुई महिनाको घर विदामा नेपाल आएका थिए । तिमध्ये ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको कलेजका प्रिन्सिपल अबेद होसेनलाई उद्धृत गर्दै ढाका ट्रिव्यूनले समाचार लेखेको छ ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेहरुमा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनी, मिली महर्जन, नीगा महर्जन, सन्जय महर्जन, सन्जय पौडेल, आशा शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेका छन् । प्रिन्सी धामी र समिरा व्यन्जनकार घाइते भएका छन् । उनीहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएका ४९ मध्ये २२ जना नेपाली परेका छन् । सोही विमान दुर्घटनामा चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको पनि मृत्यु भएको छ । डा. थापाले बंगलादेशको ढाकास्थित बंगबन्धु शेख मुजिव चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए ।

बंगलादेश मेडिकल शिक्षा अध्ययनको एक प्रमुख गन्तव्य हो ।