काठमाडौं– सोमबार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएको सबै ४९ जनको शब चिन्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्ने भएको छ ।
४९ जनाकै शब अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको र डिएनए परीक्षण गरेर आफन्तलाई बुझाइने अस्पताल स्रोतले जनाएको छ ।
बंगलादेशको ढाकाबाट आएको युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिष्य विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार रहेकोमा २२ जना घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तको भीड लागेको छ । आफन्तहरु मृतकको शब बुझ्न अस्पतालमा पुगेका हुन् ।