काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ वे खाली नहुँदा ८ वटा जहाज आकाशमै होल्ड भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेम ठाकुरका अनुसार जहाजको उच्च चापका कारण पार्किङ वे खाली नहुँदा ८ जहाज आकाशमै होल्ड भएका हुन् ।


ADVERTISEMENT


विभिन्न देशबाट आएका ठुला जहाजलाई नेपाल–भारत सीमाक्षेत्रकै आकाशमा होल्ड गराइएको छ ।


ADVERTISEMENT

# # #


होल्ड भएका विमानहरुमा दिल्लीबाट आएको एयर इन्डिया, दुबईएबाट आएको फ्लाई दुबई, मुम्बईबाट आएको जेट एयरवेज, दिल्लीबाट आएको एयर इन्डिगो सहित जहाज आकाशमै होल्ड भएका हुन् ।

त्यसैगरी बुद्ध एयरसहितका केही आन्तरिक उडानलाई पनि आकाशै होल्ड गरिएको छ ।