काठमाडौँ–  चौतर्फी आलोचना भएपछि सरकारले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण गरेर फर्किने् दिन शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको छ ।


ADVERTISEMENT


आइतबार सिंह दरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ ।


ADVERTISEMENT

# # #


तर, शुक्रबारको विदा भने फिर्ता भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति फर्किने दिन शुक्रबारको दिने भनिएको विदा फिर्ता लिइएको हो ।
गणतन्त्र आउनुभन्दा पहिले राष्ट्राध्यक्ष विदेश जाँदा र आउँदा सरकारी विदा दिने चलन थियो। गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले राष्ट्राध्यक्ष रुपमा विदेश जाँदा आउँदा विदा दिने चलन तोडेका थिए।

उनले २०६६ फागुनमा भारतको भ्रमण गरेका थिए। त्यतिबेला पनि गृह मन्त्रालयले राष्ट्रपति जाने र स्वदेश फर्कने दिन विदा दिन मन्त्रिपरिषद्मा प्रस्ताव लिएको थियो। तरमन्त्रिपरिषद्ले प्रस्ताव पारित नगरेपछि राष्ट्राध्यक्ष विदेश जाँदा दिइने विदाको चलन तोडिएको थियो।

त्यसपछि यादवले कतार र चीन भ्रमण गरेका थिए। ती भ्रमणमा पनि सार्वजनिक विदा दिइएको थिएन। सोमबारदेखि भारतको राजकीय भ्रमण गर्न लागेकी राष्ट्रपति भण्डारीले पनि आफ्नो भ्रमणका बेला विदा दिनु नपर्ने मनसाय व्यक्त गरेकी थिइन्।