काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त यूएस–बंगला विमानबारे विस्तृत जानकारी लिन बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहाजहान कमालसहितको एक उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ ।


ADVERTISEMENT


मंगलबार आएको टोलीमा पर्यटनमन्त्री कमालको साथमा परराष्ट्र राज्यमन्त्री शाहरिर आलम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारी रहेका छन्। उनीहरु विमान बंगलाको नियमित उडानमा काठमाडौं ओर्लेको परराष्ट्र अधिकारीले बताए।


ADVERTISEMENT

# # #


बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेदले पठाएको उक्त टोलीले विमानस्थलमा घटनाबारे अवलोकन गर्ने र त्यससम्बन्धी जानकारी लिने काम थालेका छन्। टोलीले यूएस बंगला विमान दुर्घटनामा घाइते भएकाहरुको उपचार तथा दिवंगत भएकाहरुका बारे औपचारिक जानकारी लिन मृतक र घाइतेका परिवार समेत रहेको बताइएको छ।

यस्तै विदेश राज्यमन्त्रीसहतिको उच्चस्तरीय टोलीले विमान दुर्घटनाका कारणबारे पनि यहाँका अधिकारीहरुसँग छलफल गर्ने छन। सोमबार दुर्घटनाग्रस्त भएको विमानमा ३३ नेपाली, ४ जना चालकदलका सदस्यसहित ३६ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए।