काठमाडौं । नेपाल बिधार्थी संघ ( नेबिसंघ ) ले यूएस बंगलाको जहाज र्दुघटना भएकामा दुःख प्रकट गर्दै राजधानीमा दीप प्रज्वलन गरी श्रद्धान्जली व्यक्त्त गरेको छ ।


ADVERTISEMENT


फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा मानवीय क्षति हुनेगरीे विमान दुर्घटनामा ज्यान गुमाएका नेपाली, बंगलादेशी लगायत सबै यात्रुहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेविसंघले दीप प्रज्वलन गरेको हो ।


ADVERTISEMENT

# # #


दिप प्रज्वलन कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिँह महर लगायत सयौं नेता कार्यकर्ताहरु उपस्थित रहेका थिए ।

अध्यक्ष महरले दीप पज्वलन गर्दै मृतकहरु प्रति समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । नेपाली आकाश असुरक्षित बन्दै गएको तर्फ केन्द्रित गर्दैै उनले अन्तराष्ट्रिय रुपमा नै देशको छबी नबिग्रने गरी हवाई सुरक्षा सतप्रतिशत बनाउन तर्फ लाग्नुपर्ने बताएका छन् ।