काठमाडौं–सरकारी खातामा रकमा न्यून भएपछि राष्ट्र बैंकले महँगो ब्याजमा ऋण उठाउन थालेको छ । आज अर्थात् चैत १ गते सरकारले वित्तीय हस्तान्तरण अन्तरगत स्थानीय निकायमा जाने अनुदानको अन्तिम किस्ता निकासा गर्दैछ । यस्तो अनुदान निकासापछि सरकारी खातामा १९ अर्ब रुपैयाँ मात्र रहनेछ ।


ADVERTISEMENT


सरकारले बुधबारसम्म खर्च गर्न सक्ने ९४ अर्ब रहेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । ‘स्थानीय निकायलाई अनुदान पठाउन अर्थ मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई आदेश दिइसकेको छ ।


ADVERTISEMENT

# # #


त्यसबाट राज्य कोषमा १९ अर्ब रुपैयाँ बाँकी रहन्छ । कोष ज्यादै न्यून भएकाले सरकारले खर्च जोह गर्न ऋण लिन लागिएको हो’, उनले भने, ‘यसका साथै चालु खर्च र परियोजनका खर्च गर्दैनन् ।’

बैंकले चैत १ देखि २१ गतेसम्म नौ प्रतिशत ब्याजमा दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको छ । सम्भवत केही वर्षयताकै महँगो ब्याजमा बैंकले ‘नागरिक बचतपत्र २०७९ ख’ बिक्री खुला गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख नरहरि थापाले बताए । राष्ट्र बैंकले बजारको प्रवृत्ति हेरेर बचतपत्रको ब्याजदर निर्धारण गर्ने गर्दछ ।–आजको अन्नपुर्ण पोष्टबाट