काठमाडौं–बार्सिलोनाले गएराति चेल्सीलाई ३–० तथा बायर्न म्युनिखले बेसिक्टासलाई ३–१ ले हराउँदै च्याम्पियन्स लिग क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएसँगै समिकरण पुरा भएको छ । यस पटक अन्तिम ८ मा स्पेनबाट ३ टोलीको प्रतिनिधित्व रहने भएको छ । त्यस्तै इंग्ल्यान्ड र इटालीबाट दुई–दुई तथा जर्मनीबाट १ टोलीले अन्तिम ८ मा प्रतिनिधित्व गर्दैछन् ।


ADVERTISEMENT


यस सिजन फ्रान्सबाट कुनै टोलीले अन्तिम ८ मा स्थान बनाउन सकेनन् । च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि ड्र शुक्रबार नेपाली समय अनुसार बेलुका ४.४५ बजे हुनेछ ।


ADVERTISEMENT

# # #


यस वर्ष क्वाटरफाइनलमा पुग्न सफल टोलीहरु यी हुन्ः

१. रियल म्याड्रिड – स्पेन

अन्तिम १६ नतिजाः पिएसजी विरुद्ध समग्रमा ५–२ ले विजयी

२. लिभरपुल– इंग्ल्यान्ड

अन्तिम १६ नतिजाः पोर्टो विरुद्ध समग्रमा ५–० ले विजयी

३. युभेन्टस–इटाली

अन्तिम १६ नतिजाः टोटनह्याम विरुद्ध समग्रमा ४–३ ले विजयी

४. म्यानचेस्टर सिटी– इंग्ल्यान्ड

अन्तिम १६ नतिजाः बासेलविरुद्ध समग्रमा ५–२ ले विजयी

५. रोमा–इटाली

अन्तिम १६ नतिजाः शाक्तार दोनेस्क विरुद्ध समग्रमा २–२, अवे गोलमा विजयी

६. सेभिया– स्पेन

अन्तिम १६ नतिजाःम्यानचेस्टर युनाइटेड विरुद्ध समग्रमा २–१ ले विजयी

७. बायर्न म्युनिख–जर्मनी

अन्तिम १६ नतिजाः बेसिक्टास विरुद्ध समग्रमा ८–१ ले विजयी

८. बार्सिलोना–स्पेन

अन्तिम १६ नतिजाः चेल्सीविरुद्ध समग्रमा ४–१ ले विजयी