काठमाडौं–नवलपरासीको कावासोती नगरपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट स्थानीयबासी ३८ वर्षीया कमला कँडेलको गएराति मृत्यु भएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भित्री सडकखण्डको देवीचोक भन्ने ठाउँमा पूर्वबाट पश्चिम गैरहेको ना ३३ प १०५० नम्बरको मोटरसाइकलले कँडेललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी कँडेलको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


मोरङमा पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

यसैगरी मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । को २ च ३२२ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षीय रमेश लिम्बुको मृत्यु भएको हो । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि स्थानीय पथरी हस्पिटल पुर्‍याउने बित्तिकै मृत्यु भएको थियो ।

ठक्कर दिने पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।