काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच आज भेटवार्ता हुने भएको छ । राष्ट्रपति चुनावका लागि काठमाडौं आएका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसँग सामूहिक भेट गर्न लागेका हुन् ।


ADVERTISEMENT


विहान साढे ११ बजेपछि हुने भेटमा मुख्यमन्त्रीहरुले प्रदेश सरकार सञ्चालनमा देखिएको समस्या तथा केन्द्रको सहयोगबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले बुधबार संघीय र प्रदेशसभाका सांसदहरुसँग बालुवाटारस्थित निवासमा सामूहिक भेटवार्ता तथा चियापान कार्यक्रम आयोजना गरेका थिए ।