काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले अध्यागमनका सुरक्षा सम्बन्धी विषयमा अमेरिका सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताएकी छन् ।


ADVERTISEMENT


बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग शिष्टचार भेटवार्ता गर्दै उनले भनिन्, ‘अमेरिकी सरकारले नेपालमा अध्यागमन सुरक्षा सम्बन्धी विषयमा सहयोग गर्न चाहेको छ ।’


ADVERTISEMENT

# # #


साथै, उनले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुु पर्ने समेत उनले बताएकी छन् । राजदूतले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि चासो राखेकी थिइन् ।

गृह मन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रीत रहेर छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

जवाफमा मन्त्री थापाले ती विषयहरुमा मन्त्रालयले अध्ययन गरिरहेको र अध्ययनको निष्कर्षको आधारमा भविष्यमा निर्णय लिइने बताएका छन् ।